राजनीति

पौडेल आक्रोसितः ओलीले देशलाई फेरि अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गरे

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै पौडेलले ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गरेको बताएका हुन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढेमा ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठहरिने समेत उनले बताएका छन् ।

नेता पौडेलले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन पनि नागरिकको ध्यानाकर्षण गराएका छन् । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भएको भन्दै समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिएको बताएका छन् ।