३ पुस, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।





