प्रदेश 1

प्रदेश १ भूगोलबाट काङ्ग्रेस केन्द्रीय सदस्यमा राजिव कोइराला र अमृत अर्याल बिजयी

  1. ६ मंसिर, काठमाडौ । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन अन्तर्गत भूगोल तर्फ प्रदेश नम्बर १ को मतगणनाको नतिजामा अमृत अर्याल र राजिव कोइरालाले बिजय प्राप्त गरेका छन् !
    मंगलबार राती प्राप्त निर्वाचन समितिको परिणामअनुसार मोरङका अमृत अर्यालले २३ सय ८९ मत प्राप्त गरि बिजयी भए भने सुनसरीजिल्ला काङ्ग्रेसका निबर्तमान सभापति राजिव कोइरालाले २२ सय ५१ मत प्राप्त गरि बिजयी भएका हुन । प्रदेश नम्बर १ नेपाली काङ्ग्रेस सम्सदिय दलका नेता रहेका नवनिर्बाचित कोइराला स्वच्छ छबिका काङ्ग्रेस नेतामा गनिन्छन । प्रदेश नम्बर १ को मुख्यमन्त्री बनाउने कार्यमा होस वा प्रदेश १ को काङ्ग्रेस सभापतिमा टिकट दिने विषयमा कोइरालालाई आउट गरिएको थियो ।
    डा शेखर कोइराला समुहबाट राजिव कोइराला केन्द्रीय सदस्य जित्न सफल भएका छन् भने सभापति शेरबहादुर देउवा समुहबाट अमृत अर्याल बिजय हुन पुगेका छन् !
    दुइवटा कोटा भएको स्थानमा देउवा समुह कै आनन्द सन्तोसी राई तेस्रो स्थान हासिल गर्दै पराजित भए । गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा देशभर काङ्ग्रेस सखाप हुँदा सुनसरीमा काङ्ग्रेसको स्थान बलियो बनाउन भुमिका खेलेको भन्दै काङ्ग्रेस बृतमा कोइरालाको प्रसम्सा हुने गरेको छ ।