राजनीति

अब निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टीः महामन्त्री शर्मा

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियनले आज आयोजना गरेको सम्मान कार्यक्रममा महामन्त्री शर्माले अब निर्वाचनपछि कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानको सुरुवात भईसकेको भन्दै यस्तो बताएका हुन् ।

उनले अब बदलिएको कांग्रेस, बलियो कांग्रेस र आम निर्वाचनबाट पहिलो कांग्रेसको अभियान सुरु गरिने समेत बताएका छन् ।

साथै महामन्त्री शर्माले नेपाली कांग्रेसलाई प्रेस स्वतन्त्रता विरोधि कानुन अस्वीकार्य हुने समेत बताएका छन् । शर्माले कांग्रेस सरकारकै पालामा मस्यौदा बनेका वा संसदमा दर्ता भएका भएपनि त्यसलाई सच्याईने बताएका छन् ।