राजनीति

अन्तरजातीय विवाहपछि बेपत्ता कामीको खोजीका लागि अनेरास्ववियु  (क्रान्तिकारी)को प्रदर्शन

७ पुस, काठमाडौं । अन्तरजातीय विवाहपछि बेपत्ता पारिएका हुम्लाका चन्द्रे कामीको खोजीको माग गर्दै रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरका छन् । अनेरास्ववियू (क्रान्तिकारी) आरआर क्याम्पस कमिटीका विद्यार्थीले मंगलबार साँझ प्रदर्शन गरेका हुन् ।

उनीहरुले कामीको खोजीको माग गर्दै टर्च बालेर प्रदर्शन गरेका थिए । ‘चन्द्रे कामीलाई तत्काल सार्वजनिक गर, सरकार चन्द्रे कामी हरायो भोलि हाम्रो पालो, अझै पनि चलेनौँ हामी नवराजपछि चन्द्रे कामी’ लगायत लेखिएको पम्पेलेटसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएको कामीको खोजीमा सरकारले ढिला सुस्ती गरेको भन्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियू (क्रान्तिकारी)आरआर क्याम्पस कमिटीका इन्चार्ज तथा क्याम्पस जिल्लाका सहसचीव मिनराज पाण्डेले बताए ।

प्रदर्शनलाई सम्बोधन गर्दै उनले, ‘दलित समुदायमाथि हुने यो एक प्रतिनिधिमुलुक घटना मात्र हो। यसलाई राजनीतिकरण नगरी सत्य तथ्य छानबिन गरेर पीडितलाई क्षतिपूर्ति सहितको न्याय र पीडकलाई हदै सम्मको कारबाही गरी सर्वसाधारण जनतामा कानुनी राज्यको प्रत्याभूति दिलाउने काम राज्यको हो। भोलिका दिनमा यस्ता घटना घट्नबाट रोक्नको लागि राज्यले प्रभावकारी कदम चाल्नु आवश्यक छ।’

‘चन्द्रे कामी बेपत्ता भएको यतिका दिन भयो तर पनि सरकारले खोजी गर्न सकेको छैन’, पाण्डेले भनेका छ्न्, ‘उनलाई खोजी गरेर तत्काल सार्वजनिक गरिनुपर्छ, अन्यथा हामी थप पीडित ले न्याय नपाएसम्म चरणबद्ध रुपमा आन्दोलनमा उत्रिन्छौँ ।’ मुगुकी १७ वर्षीया रमिला मल्लसँग अन्तरजातीय बिहे गरेका हुम्लाका १८ वर्षीय कामीलाई मल्ल परिवारले एक साता आगाडि घरबाट लिएर गएका थिए । यद्यपी बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे आज बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।