राजनीति

विवेकशील साझाबाट अलग भईन रञ्जु दर्शना

८ पुस, काठमाडौं । विवेकशील साझाकी नेतृ रञ्जु दर्शना पार्टीबाट अलग भएकी छिन् । सके राजनीतिमा फोहोर सफा गछु नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले अहिले आफु संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको बताएकी छिन् ।

उनले जुन फोहर सफा गर्ने आफुले कोशिस गरेंको तर पूर्णरुपले सफा गर्न असमर्थ रहेपछि संगठनबाट नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन नसक्ने भन्दै पार्टीबाट अगलहुने घोषणा गरेकी छिन् ।

विज्ञप्ति जारी गर्दै दर्शनाले पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । दर्शनाले अब एक सचेत स्वतन्त्र नागरिकको भुमिकामा मात्र राजनीतिक रुपमा सक्रिय रहेने बताएकी छिन् ।