१६ मंसिर, पौष । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले ०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिकब सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तनन सम्भव भएको दाबी गरेका छन् ।
उनले आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु भनेका छन् ।
देउवाको ट्वीटः २०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रदय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तनन सम्भव भएको हो। आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु ।
जय नेपाल ।






