११ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न गठबन्धनका दललाई आग्रह गरेका छन् ।
नेता पौडेलले, ‘‘कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन,’
‘मैले उहाँहरूसँग छलफल गरिरहेको छु, र उहाँहरूलाई भनेको पनि छु, ‘प्रधानमन्त्रीका अघिल्तिर एमसीसी पास गर्न दुईवटा अप्सन छन्- एउटा गठबन्धनमा सहमति गर्ने, अर्को विपक्षीको माग पूरा गर्ने । तपाईँहरू प्रधानमन्त्रीको प्रस्तावमा सहमत हुनुहोस्, नत्र प्रधानमन्त्रीले विपक्षीका माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ ।’
उनले भने ‘एमसीसी फेल भए मुलुक अनिश्चितताको बाटोतर्फ धकेलिन्छ, अनिष्ट पैदा हुन्छ, जो नेपालका लागि अत्यन्तै दुर्भाग्य हुन्छ, ‘संसद्मा पुगेको विषयलाई त्यहीँबाट दलहरूले छिटो निकास दिनुपर्छ ।’





