समाचार

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न भई फरार अभियुक्त पक्राउ:

२० फागुन, काठमाडौँ । मिति २०७८ साल असार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न भई फरार रहेका जिल्ला चितवन कालिका नगरपालिका वडा नं.२ घर भएका बर्ष ४० को राजन प्रजा हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ बनस्थली स्थित लुकिछिपी रहेकोले खोजतलास, पहिचान र पक्राउ समेत गरी सहयोग गरिदिनुहुन लगायतको ब्यहोरा उल्लेख भएको
पत्र चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनबाट प्राप्‍त हुन आएको । महानगरीय प्रहरी बृत्त बालाजुबाट सादा पोशाक समेतको प्रहरी टोली खटिई गई निज राजन प्रजालाई खोजतलास गर्ने क्रममा मिति २०७८/११/१७ गते अं.०९:४५ बजे
का.जि.का.म.न.पा(१६ बनस्थलीबाट निजलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको ।