समाचार

एमसीसीको बिरोध गर्दा घाईते भएका अस्पतालबाट डिस्चार्ज

२४ फागुन, काठमाडौँ । एमसीसीको बिरोध गर्दा पक्राउ परेकाहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बिभिन्न राजनीतिक दल तथा भातृ संगठनहरुको आयोजनामा भएको एमससी बिरोध कार्यक्रममा सहभागी भएका जिल्ला डडेलधुरा घर भई ललितपुर टिकाथली बस्ने बर्ष ३० को हेमराज अवस्थी नयाँ बानेश्वर इलाकामा घाइते भएका थिए ।
घाईते भएका उनलाई प्रहरी सुरक्षाकर्मीहरुद्वारा तत्कालै उद्दार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।
प्राथमिक उपचार पश्चात एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरबाट थप उपचारको लागि नेशनल ट्रमा सेन्टर बीर अस्पताल लगिएकोमा तहाँबाटसमेत थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पतालमा लगी उपचार गराईएका उनलाई डिस्चार्ज गरिएको जनाईएको छ ।