२४ फागुन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुनः राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम भएकाले नयाँ जनादेशमा जानुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले नेपाली महिलाहरूले इतिहासमा लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको सङ्घर्षपूर्ण भूमिकाको प्रशंसा पनि गरे ।





