राजनीति

हिन्दुराष्ट्र र समृद्धिको राप्रपा लेपालको अभियान छोटो समयमा नै प्रशंसनीयः अध्यक्ष थापा

२५ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियानमा छोटो समयमा नै देखिएको सक्रियता प्रशंसनीय रहेको बताएका छन् ।
उनले सुनिता कुरुङवाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको घोषणा सभा भव्यरुपमा सम्पन्न भयो। नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।
राप्रपा नेपाल ब्यूँताएका अध्यक्ष थापा पुराना कार्यकर्ता नेता समेट्न ब्यस्त छन् उनी नेता कार्यकर्ता समेटिएर राप्रपा नेपाल सकृय भएको देख्दा प्रफुल्लित देखिएका छन् ।
उनको ट्वीटः सुनिता कुरुङवाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको घोषणा सभा भव्यरुपमा सम्पन्न भयो। नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना।
हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियानमा छोटो समयमा नै देखिएको सक्रियता प्रशंसनीय छ। सबैको जय होस्