राजनीति

एमसिसीले देशको अर्थतन्त्रमा टेवा पु¥याउँछ : नेता सिंह


२५ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने बताएका छन ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताएका हुन ।

“एमसिसी मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उनले भने । उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए ।

नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए । “के एमसिसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त र ? ”, उनले प्रश्न गरे । एमसिसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ ।