२० चैत, काठमाण्डौ । कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल नेपाल वेयरहाहजिङ्ग कम्पनी लिमिटेड कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं. २ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुनलागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ भएको छ । साथै, पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।
यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा वैज्ञानिक तवरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा विक्री गर्नुपर्ने बाध्यता कृषकसंग रहिरहेको छ।अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा बोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।
यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १३९ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सह वीत्तीयकरणमा गरिएको छ।यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक लि., मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन्। यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट रु कूल चालु पूँजी रु ६८.७५ करोडको ८०५ ले हुन आउने रु ५५ करोडको शेयर लगानी भइसकेकोछ।साथै, आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २०५ बराबरको रकम रु १३.७५ करोड जम्मा गरिनेछ ।
सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं २ औरावनीमा कम्पनीले निर्माण सम्पन्न गरेको भण्डारण गृहको व्यवसायिक शुभारम्भ यहि मिति २०७८।१२।२० आइतवार विहान ११:३० वजे सोहि भण्डारण गृह परिसरबाट गरिने कार्यक्रम तय भएकोछ।यो भण्डारण गृहको कूल क्षमता १५ हजार मे.टन रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।





