अन्तर्राष्ट्रिय

डापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह


२४ चैत, बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेको छ। युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य गर्न आफूले आग्रह गरेको उनको भनाई छ ।

अत्याधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएपछि विदेशी सञ्चार माध्यमहरुका लागि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो आग्रहलाई रुसी राष्ट्रपति पुटिनले स्विकार गर्ने विश्वास पनि व्यक्त गरे । गत अप्रिल ३ मा भएको संसदीय निर्वाचनबाट उनी नेतृत्वको गठवन्धनले दुई तिहाइ मत प्राप्त गरेको छ । आफ्नो गठवन्धनले धेरै सिट जितेपछि राष्ट्रपति पुटिनले बधाइ दिन आफूलाई फोन गरेको पनि उनले जानकारी दिए ।

राष्ट्रपति अर्वानले युक्रेन र फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरलाई पनि जाति सक्दो चाँडो बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आफूले बुडापेस्टमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्न चाहेको उनको भनाई छ ।

“दुई देशबीचको युद्ध अन्त्य गर्न र गराउन उनीहरुले यहाँ आएर वार्ता र छलफल गर्न सक्छन्, म त्यसका लागि सबैलाई आग्रह गर्छु,” उनले भनेका छन्। उनले शान्ति वार्तामार्फत् नै विवाद र युद्धको अन्त्य गर्न सकिने भएकाले त्यसतर्फ नै लाग्नु पर्नेमा जोड दिए।