आर्थिक

मुक्तिनाथ विकास बैंंकका प्रमुख कार्यकारी अधिकृत प्रदयूमन पोखरेल विजयी


२७ चैत, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजय बाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machineबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवा कर्जा सेवा आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।