समाचार

काँग्रेस (वी.पी.) द्वारा सुभकामना आदानप्रदान कार्याक्रम गर्ने


२८ चैत्र, काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९ को आइतबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले नयाँ २०७९ सालको अवसरमा २०७९ वैशाख २ गते कलंकीमा रहेको कृपा पार्टी प्यालेसमा सुभकामना आदानप्रदान कार्याक्रम गर्ने निर्यण गरेको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकमा पार्टीका केन्द्रिय उप-सभापति पुष्पराज पराजुली, महामन्त्री देवेन्द्र प्रकाश पौडेल, सह-महामन्त्री जगन्नाथ घिमिरे (जे. एन) र रिषभ भट्टराई लगाएत अन्य केन्द्रिय सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उक्त चियापान कार्यक्रम बिहान ८ बजे गर्ने निर्यण भएको छ ।
पार्टीले नयाँ वर्ष तथा आगामी स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० लाई लक्षित गरि विभिन्न जिल्ला तथा स्थानीय तहमा कार्यक्रम गर्ने भएको छ ।

पार्टीले हाल सम्म वैशाख २ गते काठमाडौं संघीय निर्वाचन क्षेत्र नम्बर ९, मकवानपुर थाह नगरपालिकामा वैशाख ३ गते यस्तै गरि मोरङमा पनि वैशाख ३ गते र चितवनमा वैशाख ५ गते कार्यक्रम गर्ने घोषणा गरेको छ । पार्टीले अन्य जिल्लाहरुमा पनि क्रमश कार्यक्रम गर्दै जाने जनाएको छ ।