राजनीति

काँग्रेस काठमाडौं महानगरको आधिकारीक मेयर उम्मेद्वार श्रृजना सिंह

१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसले अन्ततः काठमाडौं महानगरको मेयरको उम्मेद्वार काँग्रेस नेता प्रकाशमान सिंह पत्नी श्रृजना सिंहलाई बनाएको छ ।
केही महिना अघि नै श्रृजना सिंह काँग्रेसको तर्फबाट मेयर उम्मेद्वार बन्ने निश्चय भएको भएपनि आज काँग्रेसले आज श्रृजना सिंहलाई काँग्रेसको तर्फबाट मेयर उम्मेद्वार बनाउन शान्तीबाटीकामा कँँग्रेस नेता कार्यकर्ता भेला हुने काँग्रेस महानगरले पुष्टी गरेको छ ।
काँग्रेसको झण्डा र काँग्रेस कार्यकर्ताहरुको साथमा श्रृजना सिंहले काठमाडौंको मेयरमा उम्मेद्वारी दिने छिन् । मेयरको लागि महानगरले काठमाडौंबाट सिंहसहित ५ जनाको नाम केन्द्रमा पठाएको थियो ।