१५ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने, गलिगौलज गर्नेले तिनै नागरिकका मुद्धालाई कसरी सम्बोधन गर्न सक्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीटरमा लेख्दै महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्तृद्वेषी हुन् भन्ने आरोप लगाएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य पौडेलले यस्ता व्यक्ति जो कोही हुन्, हिंसा र विभेदकारी मानसिकता बोकेकाहरु निर्वाचनबाट अनुमोदित हुनुहुँदैन भनेका छन् ।
नेता पौडेलको ट्वीटः महिलामाथि खुलम खुल्ला अपशब्द प्रयोग गर्ने व्यक्ति स्तृद्वेषी हुन्। यस्ता व्यक्ति जो कोही हुन्, हिंसा र विभेदकारी मानसिकता बोकेकाहरु निर्वाचनबाट अनुमोदित हुनुहुँदैन। आरोपबारे जानकारी लिन खोज्दा उल्टै उत्तेजित हुने, गलिगौलज गर्नेले तिनै नागरिकका मुद्धालाई कसरी सम्बोधन गर्न सक्छ ?






