राजनीति

एमालेसँग चुनावी सहमती : ‘सूर्य’ चिन्हमा मतदान गर्न राप्रपा नेपालको आह्वान


१८ वैशाख, काठमाडौँ । २०७८ चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेद्वार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमती बमोजिम राप्रपा नेपालका सदस्यहरु, शुभचिन्तक तथा मतदाताहरुलाई राप्रपा नेपालका आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।

स्थानीय निर्वाचनको संघारमा राप्रपा नेपाल पुनर्जागृत भएको सबैमा विदितै छ । तसर्थ यो विशेष परिस्थितीमा २०७९ बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रकारले चुनावी प्रवन्ध गर्नुपरेको राप्रपा नेपालले आग्रह गरेको छ ।

वर्षे बाली लगाउने समयमा किसानहरुलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने मलखादको अभाव देखिएकोले किसानहरुका माझ कृषि मल तत्काल उपलब्ध गराउन नेपाल सरकारसँग राप्रपा नेपालले जोडदार माग गरेको छ ।
दैनिक उपभोग्य वस्तुहरुको आकासिएको मूल्यवृद्धी तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर आम जनतालाई राहत प्रदान गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।