समाचार

MINUSCA Mission, CAR मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

१९ वैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही अनुरुप, आइताबार UNITED NATIONS MULTIDIMENSIONAL INTEGRATED STABILIZATION MISSION IN THE CENTRAL AFRICAN REPUBLIC मा तैनाथ रणशेर गण (शान्ति सेना) High Readiness Protection Battalion तेश्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैठौं डफ्फालाई बदली गर्नको लागि जबरजंग गण (शान्ति सेना) -HRPB चौथोँ ड्फ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फाको अन्तिम फ्लाईटमा सेनानी मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।