३ जेठ, किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याएका छन् । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुन् ।
त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाएकी छिन् ।
जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याएका छन् । पौडेल यसअघि वडाध्यक्ष थिए ।
उपप्रमुखमा कांग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याएकी छिन् । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख कांग्रेसले जितेको थियो ।





