३ जेठ, फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) एक मतले विजयी भइन् । राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनीहरुको ७०३ मतको मत अन्तर रहेको छ ।
उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी भएका छन् । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरे । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उनी स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए।





