प्रदेश 2

जिसस पर्सा प्रमुखमा समाजवादीका सोनार विजयी


२९ जेठ, वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)का नीरज (अजय) साह सोनार विजयी भएका छन् । जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् ।

उनले १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बनेका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरे ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।