राजनीति

प्रेश यूनियनका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकारहरुसँग डा कोईरालाको भेट

२१ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले आज प्रेश यूनियनका पुर्व अध्यक्षहरुसँग भेटघनट गरेका छन् ।
छलफलमा तारानाथ दाहाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित, रमेश तुफान, किरण पोख्रेल, कबिर राणा, बिपुल पोख्रेल, पोषण केसीलगायत रहेको बताईएको छ ।
नेपाली कँँग्रेसको शुभेच्छुक संस्था प्रेश यूनियनको निर्बाचन साउन ६ र ७ गते हेटौंडामा सम्पन्न हुन गईरहेका बेला बरिष्ठ नेता कोईरालाले प्रेश यूनियनका सिनियर नेताहरुसँग भेट गरेका छन् ।
भेटमा काँग्रेस सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार केन्द्रीय सदस्य सञ्जय गौतमको पनि उपस्थिति रहेको थियो ।
हिजोमात्र पुराना नेताहरुसँग भेट गरेका कोईरालाले केहीदिन अघिमात्र अर्थबिदहरुसँग भेट गरेका थिए । बरिष्ठड नेता डा कोईरालाले पार्टीभित्र आन्तरिक छलफल तीब्र बनाएका छन् । बरिष्ठ नेता कोईरालाले आउँदो निर्बाचन, पछिल्लो राजनीतिक अवस्थालगायतका बिषयमा बिभिन्न समूहहरुसँग छलफल गरिरहेका बेला आज प्रेश सम्बद्ध ब्यक्तीहरुसँग छलफल गरेका छन् ।