२३ कात्तिक, काठमाडौं । शेखर थापाको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख ब्यक्त गरेका छन् । उनले बिज्ञप्तीमार्फत भनेका छन्, ‘प्रदेश नं. १ का निवर्तमान प्रदेश सभा सदस्य, वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (१) का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको ५७ वर्षको उमेरमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा आज विहान निधन भयो । उनी केही समयदेखि निमोनियाबाट पीडित हुनुहुन्थ्यो । विसं २०७४ को निर्वाचनमा उहाँ नेपाली कांग्रेसका तर्फबाट प्रदेश नं. १ को प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवका रुपमा समेत काम गर्नु भएका थापाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक उदाउँदै गरेको नेतृत्वलाई गुमाएको छ ।’
देउवाले भनेका छन्, ‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— ‘प्रदेश नं। १ का मन्त्री, निवर्तमान प्रदेश सभा सदस्य, एवं मोरङ ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’





