१५ पौस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले सरुवा बढुवाका लागि नेताका घर घर धाएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले आज प्रहरी प्रधान कार्यालय नक्सालको निरिक्षण गर्दै प्रहरीलाई सरुवा गर्ने कार्य प्रहरीको इमान्दारीता, दक्षता, क्षमताका आधारमा गरिने भन्दै नेताका घरघरमा गएर चाकरी गरेको थाहा पाएमा कारबाही गर्ने बताएका हुन् ।
उनले निरीक्षण गर्दै भनेका छन् ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’
उनले भने, ‘‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’





