समाचार

चिनियाँ राजदूतको भेटलगत्तै प्रधानमन्त्री दाहाल पुगे ओली निवास बालकोट

२ पौस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।

भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । राजदूतभेटलगत्तै प्रधानमन्त्री दहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगष् भेट गर्न ओली निवास बालकोट पुगेका छन् । सभामूखलगगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट गएको बताईएको छ ।