समाचार

दहालसँग शसंकीत ओली गए भेटका लागि प्रधानमन्त्री निवास, गठबन्धन टिक्ला त राष्ट्रपति निर्बाचनसम्म !

२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
फागुन २९ गते सम्पन्न हुन गईरहेको राष्ट्रपति निर्बाचनमा पूर्वसहमतीखनुसार नेकपा एमालेले पाउने भनिएपनि माओबादी केन्द्रले शसंकीत रुपमा सहमती भन्दा बाहिर राष्ट्रपतिमा राष्ट्रिय सहमती कायम गर्ने निर्णय गरेपछि शंसकीत भएको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री दहाल र अध्यक्ष ओलीबीच सरकार संचालन, राष्ट्रपति निर्बाचनका बिषयमा छलफल भएको बताईएको छ । चौथो ठूलो दलको रुपमा रहेको रास्वपा सरकार छाडेर बाहिर गईसकेको छ भने माओबादी र एमालेबीच काम गर्न असहजना रहेको छ । यसैबीच आउन लागेको राष्ट्रपति निर्बाचनमा एमालेले राष्ट्रपति नपाउने र काँग्रेसले पाउने सम्भावना रहेकाले ओली अध्यक्ष दहालसँग टाढा हुन चाहेका छैनन् । रास्वपाले गृहमन्त्रालय चाहिने भन्दै नपाएपछि सरकार बाहिर बस्ने निर्णय गरेको छ । सरकार बाहिर बस्ने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यस अवस्थाबाट गुज्रीरहेको देखिँदा गठबन्धन टिक्ला त राष्ट्रपति निर्बाचनसम्म भन्ने प्रश्न आईरहेको देखिन्छ ।