समाचार

काभ्रेमा भूकम्प गएको दुई मिनटमै अछाममा भूकम्पको धक्का

२१ फागुन, काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । काभ्रेमा भूकम्प गएको केहीबेरमा अछाममा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज बिहान ८.३५ बजे ४.४ म्याग्नीच्युडको भूकम्प गएको हो । अछाममा भूकम्प जानुभन्दा ठीक दुई मीनट अगाडी वा ८.३ बजे काभ्रेमा भूकम्प गएको थियो । बैसाख १२ गतेपछिका भूकम्पका पराकम्पनहरु आउने क्रम अहिलेसम्म पनि सकिएको छैन ।
साना साना भूकम्पले खासै असर नगर्ने भएपनि बेला बेला गईरहने धक्काले सर्बसाधारणलाई मनोबैज्ञानिक असर पार्ने देखिन्छ ।