७ बैसाख, दुहबी । सुनसरीको दुहबी नगरपालीकामा आज डोजर चलाईएको छ । एकैपटक १० वटा जोजर चलाएर पूर्वको पुरानो नगर दुहबीमा डोजर चलाईएको हो । दुहबीका मेयर बेद गच्छदारको निर्देशनमा उक्त डोजर चलाइएको हो ।
दुहबीका जनताले ९ माघ २०७९ मा उच्च अदालत, विराटनगरमा पालिका विरुद्ध रिट दायर गरे । उच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । तर ४ वैशाखमा उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र किरणकुमारी गुप्ताको इजलासले रिट खारेज गर्यो । रिट खारेज गरेपछि नगरपालीकालाई सडक बिस्तारमा सहयोग पुगेको हो ।
फिल्मी शैलीमा डोजर चलाएर बस्तीलाई दुःख दिएको भनिएपनि पुरानो शहर दुहबीको मुहार फेर्न केही गर्नुपर्ने आवश्यक्ता रहेको स्थानीय बुद्धिजीवीको छ । २०११ सालमा बस्ती बसेको भनिएको दुहबीको २०१७ सालमा गाउँ पञ्चायत नामांकरण गरिएको थियो । सुनसरीको पुरानो गाउँको दुपमा दुहबीलाई लिईन्छ । २०१९ सालमा मोरङलाई टुक्रयाएर सुनसरी बनाईएको थियो । दुहबी मोरङको सीमानासमेत पर्दछ । यसपश्चात दुहबी सुन्दर गगरी बन्नेमा स्थानीय बिश्वास गर्दछन् । घर टहरा भत्किएकाहरु भने यसमा गुनासो गरिरहेका छन् ।





