समाचार

रेशम चौधरीको फायल राष्ट्रपति पौडेलले यसरी पठाए गृहमन्त्रालय

१२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिने फायल गृहमन्त्रालय पठाएका छन् ।
राष्ट्रपतिले आम माझी दिनुपर्छ भनेर माग आईरहेका बेला राष्ट्रपति पौडेलले कानून बमोजीम गर्नु भन्दै गृहमन्त्रालय पठाएको प्रेश सल्लाहकार किलण पोख्रेलले जनाएका छन् ।
एकतर्फ आम माफी दिनुहुन्न भन्ने आवाज बलियो स्वरमा आईरहेको छ भने अर्कोतर्फ आममाफी दिनुपर्छ भन्ने आवाज बलियो रुपमा आईरहेको छ । यसबीचमा बिबादलाई मत्थर गर्न राष्ट्रपति पौडेलले फाईल गृहमन्त्रालय पठाएका छन् । यसबाट रेशम चौधरीलाई आम माफी हुने सम्भावना कम रहेको अनुमान राजनीतिक बिश्लेशकहरुले लगाएका छन् ।