२९ असार, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललिता निवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्न आदेश दिएको हो ।
सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।





