आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३० असार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।

यो संगै ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ र पेट्रोलको मूल्य उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेर प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।