३० असार, काठमाडौं । कुमारी बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, लक्जमबर्गको ग्रान्ड डचीको कानून अन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीसँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।
सो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटीबाट १० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । यस कर्जाको प्रयोग विपन्न वर्ग कर्जा (Deprived Sector Lending) को माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरू संग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रादान गरि सशक्तिकरण गर्नु रहेको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




