३ साउन, काठमाडौं। भद्रकुमारी घले सेवा सदनका संरचना तल्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
काठमाडौं महानगरका प्रहरीले भद्रकुमारी घले सेवा सदनका केहि संरचनामा बुधबार नै डोजर चलाएको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले उक्त कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै संरचना नभत्काउन आदेश दिएको हो ।






