समाचार

गृहमन्त्रीविरुद्ध भ्रम फैलाएका प्रेस चौतारीका अध्यक्षविरुद्ध उजुरी

४ साउन, काठमाडौँ । एमालेको भ्रातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरेको भन्दै प्रेस सल्लाहकार किरण गिरीले चौतारीका अध्यक्ष बस्नेतविरुद्ध उजुरी हालेका हुन् ।

किरण गिरीका अनुसार बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थलबाट ‘सुन पास गराएको’ भन्दै लेखेका थिए । गृहमन्त्रीबारे भ्रामक समाचार लेखेको भन्दै गिरीले ‘जनबोली डटकम’ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।