समाचार

८ जना सचिवको सरुवा, को कहाँ ?

४ साउन, काठमाडौं । मन्त्रिपरिषद बैठकले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो ।

यो सँगै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । सरकारले बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । खेलकुद मन्त्रालयका सूर्य गौतम निर्वाचन आयोगमा सरुवा भएका छन् । निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् । कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

केही दिनअघि बढुवा भएका सचिव घनश्याम उपाध्याय बाग्मती प्रदेश र लक्ष्मी बस्नेत गण्डकी प्रदेशमा सरुवा भएका छन् ।