४ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको हो ।
विभागका अनुसार पक्राउ पर्नेमा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्वीन्टल सुन बरामत भएको थियो।





