आर्थिक

QR मा अब Voice Box प्रविधि पनि

५ साउन, काठमाडौं । डिजिटल बैंकिङ्गमा आकर्षक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुछ्रे बैंकले नेपालमा पहिलो पल्ट QR प्रणालीमा Voice Box (Instant Payment Notification) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुछ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

श्रावण ५ गते बाट QR मा Voice Box जडान गरि माछापुछ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुछ्रे बैंकका QR मर्चेन्टहरुले QR मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी SMS सँगसँगै ध्वनीमार्फत हुने जनाएको छ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ QR प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।