२६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको जारी छ प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरमा नै कांग्रेस संसदीय दलको बैठक बसेको महामन्त्री विश्वप्रकाश शर्माले दिए ।
महामन्त्री शर्माका अनुसार अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।
त्यस्तै, बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने महामन्त्री शर्माले जानकारी दिए ।





