आर्थिक

माछापुछ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अनलाइन ‘टप एण्ड पे सेवा’

२६ साउन, काठमाडौं । माछापुछ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक EMV Standard मा आधारित Tokenized प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay” सेवा सुरु गरेको छ ।

Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ ।

बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट एइक् मार्फत कारोबार गर्दा बैंकको मोबाईल बैंकिङ्ग एप्लिकेसनMBL M-Smart प्रयोग गरि आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाललाई यो सेवा NFC सपोर्ट गर्ने Android मोबाईलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।