१३ असोज, विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरुको प्रयास असफल भएपछि ढकाल र खतिवडाबीच प्रतिस्पर्धा हुने भएको हो ।
एक नेताका अनुसार शनिबार मनोनयन र आइतबार मतदान गर्ने कार्यतालिका छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरुले ढकाललाई पार्टीको पोलिट्ब्यूरो सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताएर उक्त प्रस्ताव अस्वीकार गरे ।
उनले आफू निकै अघि बढिसकेँको र अब ब्याक नहुने बताएका छन् । अन्तिम समयमा दाबेदारीबाट पछि हट्दा पार्टीमा आफ्नो हैसियत झन् कमजोर हुने भएकाले ब्याक नहुने बताए ।





