समाचार

देशभर मौषम बदली भएर विभिन्न स्थानमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशभर बिहानैदेखि कोशी, मधेस, बागमती, र कर्णाली सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर मौषम बदली भएर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।