समाचार

प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा भेटवार्ता

१४ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्ने भएकाले उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री दाहालले एमालेसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले एमालेलाई छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलालगाएत नेताहरु बालुवाटारमा बैठक बसेका छन्।