पर्यटन/संस्कृति

कीर्तिमानी आरोही तेन्जेन शेर्पा शिसापाङ हिमपहिरोमा परी बेपत्ता

२२ असोज, काठमाडौं । हिमाल आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् ।

हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका पुर्जा २० असोजका दिन करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ । यस घटनामा कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको पर्यटन मन्त्रालयले जनाएको छ । हराइरहेका, घाइते आरोही तथा गाइडको खोज तथा उद्दारका लागि मन्त्रालयले पहल गरिरहेको जनाएको छ ।