२५ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् ।
उनले माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको समर्थनमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेस गर्न आङ्बोसहित कांग्रेस प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।





