प्रदेश 1

केदार कार्कीको कोशी प्रदेश मुख्यमन्त्रीको दाबी फिर्ता नहुने डा कोईराला पक्षको अडान कायम

२६ असोज, काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट थप ७ जना प्रदेश साँसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कोशी प्रदेशका काँग्रेस नेता केदार कार्कीलाई पार्टी बाहिर निर्णय नगरी उक्र दाबी फिर्ता लिन प्रदेश कार्यसम्पादन समितिले आग्रह गरेको छ ।
माओबादी संसदीय दलका नेता आइन्द्र आईबोंलाई मुख्य मन्त्री बनाउन काँग्रेसको उच्च तह लागेपछि बरिष्ठ नेता डा शेखर कोईराला पक्षले केदार कार्कीलाई मुख्यमन्त्रीका लागि अघि सारेको छ ।
गठबन्धनको भागमा परेको कोशीको मुख्यमन्त्री पद माओबादी केन्द्रलाई दिएको भन्दै असन्तुष्ट बनेका डा कोईरााला पक्षका नेताहरुले आफ्नो पक्षलाई नेकपा एमालेको समर्थनमा कोशीमा सरकार बनाउने रणनीति लिएका छन् ।
एमालेसँग मिलेर सरकार बनेमा काँग्रेसमा फुट आउनसक्ने आँकलन राजनीतिक बिश्लेशकहरुले दाबी गरेका छन् । डा कोईराला पक्षले केदार कार्कीको उम्मेद्वारी फिर्ता नलिने संकेत सभापति देउवालाई दिएबाट काँग्रेसको आन्तरिक बिबाद छताछुल्ल बनेको छ ।