राजनीति

सरकारलाई कांग्रेसले भन्योः अस्थायी आवास निर्माणका लागि ५० हजार एकमुष्ट देऊ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम पुगे नपुगेकोबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतसँग जानकारी लिएको छ । दुबै मन्त्रीले केन्द्रबाट रकम पठाएको, तर पीडितको हातमा नपुगेको विषयमा आफूहरु पनि चिन्तित रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

बैठकले अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट दिन सरकारलाई आग्रह गरेको छ । सरकारले बनाएको कार्यविधिमा २५ हजार सुरुमा र आवास निर्माण सुरु भएपछि थप २५ हजार रुपैयाँ दिने उल्लेख छ ।

v