समाचार

आचार्य बन्धु समाजः सर्लाही, रौतहट, बारा, पर्सालगायत मधेशका जिल्लाहरुको अधिवेशन शनिबार

२ चैत, बर्दिबास । आचार्य बन्धु समाज नेपाल मधेश प्रदेशको रौतहट, सर्लाही, बारालगायतका जिल्लाहरुमा जिल्ला अधिवेशन हुने भएको छ ।
चैत ३ गते शनिबार सम्पन्न हुन गईरहेको जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले प्रमुख आतिथ्यता गर्ने आचार्य बन्धु समाज मधेश प्रदेशका अध्यक्ष लीलामणि आचार्यले जानकारी दिए ।
आचार्य बन्धु समाज नेपाल रौतहटको अधिवेशन होटल आरोही, चन्द्रपुर वडा नम्बर ४ मा बिहान ठीक ११ बजे हुने मधेश प्रदेशका उपाध्यक्ष बसन्त आचार्यले बताए । रौतहटमा सम्पर्कका लागि बसन्त आचार्य–९८४५०६२४१५, टीका आचार्यः ९८५५०४१६८१, शिव आचार्यः ९८४२६२३५१० रहेको छ ।
यसैगरी कौडिन्य गोत्रीय आचार्य समाज मधेश व्रदेश सर्लाहीका संयोजक सन्तोष आचार्यले सर्लाहीको भेला बिहान ७ बजे आरम्भ पाठशाला स्कुल, लालबन्दी–९ बस्तीपुरमा राखिएको जानकारी दिए । सर्लाहीमा सम्पर्कका लागि ९८५४०३५९२२, ९८५४०३६२३०, ९८४४१८२७४४, ९८४१२५२९२२ दिईएको छ ।
बाह्रालगायतका जिल्लाहरुमा समन्वय भईरहेको प्रदेश अध्यक्ष लीलामणि आचार्यले बताए । देशभरका ७७ वटै जिल्ला, सात प्रदेश, ६७ सय ४३ वटा स्थानीय तहको आचार्य समाज गठन कार्य अन्तर्गत मधेशका जिल्लामा समाजको अधिवेशन गर्न शुरुवाती गरिएको केन्द्रीय प्रवक्ता रामहरी आचार्यले जानकारी दिए ।